News by: helpline
काठमाडौं । यही जुन ११ देखि जुलाई १९ तारिखसम्म बिश्वकप फुटबल २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ ।
विश्वकप २०२६ मा ४८ राष्ट्रका कुल १ हजार २४८ खेलाडी समावेश हुँदैछन् । उत्तर अमेरिका (क्यानडा, अमेरिका र मेक्सिको) मा आयोजना हुने प्रतियोगितामा अनुभवी स्टारदेखि किशोर खेलाडीसम्मको रोचक मिश्रण देखिएको छ। सबैभन्दा बढी ध्यान अर्जेन्टिनाका कप्तान लिओनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलरक्षक गिलर्मो ओचोआले खिचेका छन्। यी तीन खेलाडीले विश्वकपमा कीर्तिमानी छैटौं पटक सहभागिता जनाउँदै छन्।
विश्व फुटबल इतिहासमा यति धेरै संस्करण खेलेका खेलाडीको संख्या अत्यन्तै सीमित छ। प्रतियोगिताका १०४ खेलमा सहभागी हुने खेलाडीमध्ये ३५७ जनाले यसअघि कम्तीमा एकपटक विश्वकप खेलिसकेका छन् भने ८९१ खेलाडी पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिन लागेका छन्। यसपटकको विश्वकपमा उमेरको हिसाबले पनि ठूलो अन्तर देखिएको छ।
स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन ४३ वर्ष १६२ दिनको उमेरमा प्रतियोगिताका सबैभन्दा ज्येष्ठ खेलाडी हुन्। अर्कोतर्फ, मेक्सिकोका गिल्बर्टो मोरा १७ वर्ष २४० दिनको उमेरमा सबैभन्दा कान्छा खेलाडीका रूपमा सूचीमा परेका छन्। विश्वकपमा २० वर्षभन्दा कम उमेरका २२ खेलाडी सहभागी छन् भने ४० वर्ष वा त्यसभन्दा माथिका सात खेलाडीले अनुभवको प्रतिनिधित्व गर्नेछन्। यस संस्करणले चार नयाँ राष्ट्रलाई पनि विश्वकपको मञ्चमा स्वागत गरेको छ। केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन् । उमेर नयाँ खेलाडी र अनुभवी खेलाडीका कारण बिश्वकप २०२६ निकै रोचक हुने भएको छ ।
आयोजक राष्ट्रहरुले विश्वकपका लागि सबै तयारी भएको जनाएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,