21st April 2026, Tuesday

युएइसँग नेपाल ६ विकेटले पराजित

Post Image
18 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई सिरिजको पहिलो खेलमा यूएईसँग पराजय भोगेको छ ।

सोमबार कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा सम्पन्न पहिलो टी–२० आई खेलमा युएईले ६ विकेटको जित निकालेको छ । नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ७ बल छदै ४ विकेट गुमाएर पूरा गर्यो। युएईका कप्तान तथा ओपनर मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए। १५ बल खेलेका उनले समान तीन चौका र छक्का प्रहार गरे।

उनले पहिलो ओभरमा हेमन्तलाई समान दुई चौका र छक्कासहित २० रन प्रहार गरेका थिए। प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले सर्वाधिक २७ विकेट लिएका थिए। अलिशान सराफु १८ रनमा आउट हुँदा आकाशदीप नाथ १७ रनमा अविजित रहे। 

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले ८ रन खर्चिए। कुशल मल्लले १ विकेट लिए पनि जित दिलाउन सकेननन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। तर, १८.५ ओभर चलिरहँदा वर्षा सुरु भएको थियो । लामो समय वर्षा भएको थियो।

 त्यसैले खेल डीएलएस मेथर्डअनुसार १० ओभरमा झारिएको थियो । योसँगै युएईले ७८ रनको लक्ष्य पाएको थियो।



No ad available.


No ad available.