13th June 2026, Saturday

यस्तो छ आजको मौसम,देशका विभिन्न भागमा वर्षा हुने

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल तथा देशका बाँकी भू–भागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू तथा कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ।कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू –भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू–भाग साथै देशका हिमाली भू–भागका एक –दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ ।



No ad available.


No ad available.