28th July 2026, Tuesday

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिभिन्न पाँचवटा निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको बैठकले बिउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सो कुराको जानकारी दिनुभएको हो । प्रवक्ता पोखरेलका अनुसार बैठकले ’बिउबिजन (पहिलो संशोधन) नियमावली–२०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

 यसैगरी बैठकले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै मनित्रपरिषद बैठकले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक समेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) पीडितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।



No ad available.


No ad available.