News by: helpline
काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसैगरी बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
यस्तै, बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
यस्ता छन् मनित्रपरिषद् बैठकका निर्णयहरु
United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
- सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनीकुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।
- संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला, कास्की तथा सदस्य पदमा अमिरप्रसाद न्यौपाने, काठमाडौँ, पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौँलाई नियुक्ति गर्ने ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक