12th September 2026, Saturday

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली टिमको घोषणा

Post Image
8 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।

मंगलबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक समावेश हुनुभएको छ।

नयाँ खेलाडीमा बसिर अहमद विश्वकप टोलीमा पर्दा कुशल मल्ल र आदिल आलम छुट्नुभएको छ। नेपालको टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम रहनुभएको छ ।



No ad available.


No ad available.