News by: helpline
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपछि अस्पतालबाट आज घर फर्कनु भएको छ ।
महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय (त्रिवी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका आज शनिबार साँझ उपचारपश्चात घर फर्कनुभएको हो ।
पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो । शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले उहाँलाई सुझाव दिएका ओलीका उपचारमा संलग्न चिकित्सहकहरुले बताएका छन् । चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले दिएको प्रतिबेदनका आधारमा ओलीलाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
तर ओलीको स्वास्थ्यमा खराबी देखिएपछि उहाँ सोही दिनदेखि अस्पतालमा भर्ना हुनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,