News by: helpline
एजेन्सी । बंगलादेशको आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुइतिहाई बहुमत पाएको छ ।
हिजो बिहीबार संसद्का ३ सय सीटका लागि भएको मतदानमा बीएनपीले २०९ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यो जितसँगै तारिक रहमान बंगलादेशको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
देशको १२ करोड ७० लाख भन्दा बढी मतदाताहरूले बिहीबार उत्साहपूर्वक मतदान गरेका थिए । यो निर्वाचन केवल नयाँ सरकार छनोटका लागि मात्र नभई देशको भविष्य र संवैधानिक सुधारका लागि पनि महत्वपूर्ण मानिएको छ । सन् २०२४ मा बाङ्ग्लादेशमा तात्कालिन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुने गरी भएको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले अहिले निर्वाचनमा गराएको हो। तर जेनजी समर्थक दलले भने जम्मा ६ सिट मात्रै हात पारेको जनाइएको छ । यो निर्वाचनले बंगलादेशमा पुरानै पार्टी स्थापित भएको छ ।
यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९ सय ८१ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि लामो समयसम्म सत्तामा रहेको शेख हसिना नेतृत्वको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस ऐतिहासिक प्रतिस्पर्धामा उनीहरूको उपस्थिति भने थिएन । मतपरिणामले बंगलादेशमा नयाँ राजनीतिक युगको शुरुवात गरेको विश्लेषण गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक