News by: helpline
भारत सरकारद्वारा नेपाललाई निर्वाचनसम्बन्धी सहयोगका लागि सवारी साधन हस्तान्तरण काठमाडौं ।
भारत सरकारले नेपाललाई निर्वाचनसम्बन्धी सहयोग अन्तर्गत दोस्रो चरणको सहायता हस्तान्तरण गरेको छ। उक्त सहयोगस्वरूप भारत सरकारले निर्वाचन प्रयोजनका लागि आज नेपाल सरकारलाई २५० भन्दा बढी सवारी साधन नेपाल सरकारलाई प्रदान गरेको हो ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री रमेश्वर प्रसाद खनालको उपस्थितिमा भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले ती सवारी साधन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेअनुसार यी सामग्रीहरू उपलब्ध गराइएको बताइएको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले भारत–नेपालबीचको दीर्घकालीन सहकार्य र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै सहयोगका लागि भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले यी सवारी साधनहरू आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण हुने पनि बताउनुभयो।
यसअघि भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण अन्तर्गत २०२६ जनवरी २० मा नेपाललाई सामग्री हस्तान्तरण गरिसकेको थियो। बाँकी सहयोग सामग्रीहरू पनि आगामी हप्ताहरूमा चरणबद्ध रूपमा नेपाललाई उपलब्ध गराइने बताइएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक