News by: helpline
काठमाडौं । भारत सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्न केन्द्रित गर्दै आइतबार संसदमा आफ्नो वार्षिक बजेट पेस गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले प्रस्तुत गरेको यो बजेटमा छिमेकी राष्ट्र नेपालका लागि अनुदान सहायतामा समेत निरन्तरता दिएको बताउनुभयो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६–२७ का लागि बजेट पेस गर्दै वित्तीय विवेकमा अडिग रहेर पूर्वाधार र घरेलु उत्पादनमा लगानी बढाउने सरकारको योजना रहेको बताउनुभयो।
बजेटमार्फत भारतले नेपाललाई आगामी आर्थिक वर्षका लागि ८ अर्ब भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ।
यो अनुदान रकम गत आर्थिक वर्षको सुरुवाती विनियोजन बराबर नै रहेको मन्त्री सीतारमणले बताउनुभयो। भारतले आफ्नो विदेश मन्त्रालयमार्फत छिमेकी देशहरूलाई दिने सहायता अन्तर्गत नेपाललाई यो रकम विनियोजन गरेको हो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक