News by: helpline
काठमाडौं । रसुवास्थित भोटकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या संख्या ९ सय ३९ पुगेको छ ।
यसैगरी प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले ३ हजार ९२५ जनाको उद्दार गरेको छ । आइतबार हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ । उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ । बाढीरमा परेर चार हजार २४७ जना अझै सम्पर्कविहीन छन् ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् । खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक