News by: helpline
काठमाडौं । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोका कारण रसुवा तथा आसपासका जिल्लामा हालसम्म १ हजार ५० जनाको ज्यान गएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ तथ्यांक सार्वजनिक मृतकको संख्या १ हजार ५० पुगेको र करिब ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएको हो। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ७० र नुवाकोटमा १ सय ४२ वटा शव फेला परेका छन्। त्यसैगरी गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव भेटिएको छ। विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
नेपाली सेनामार्फत हालसम्म दुई हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना छन् ।
हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र तीन हजार ५०९ नेपाली गरी कुल तीन हजार ७८२ जनाको हवाई उद्धार गरेको छ । निजी क्षेत्रबाट समेत काठमाडौं–प्रभावित क्षेत्रबीच २९ वटा उडान सञ्चालन भएका छन् । हाल नुवाकोटमा दुई हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक