News by: helpline
काठमाडौं । । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
निर्वाचन सुरक्षा कडा पार्दै मतदान सम्पन्न नहुन्जेलसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुने भएका छन् । आयोगले निर्वाचनमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवा बाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनुभएको छ । सूचना अधिकारी घिमिरेले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको बताउनुभयो। अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइने उहाँको भनाइ छ ।
साथै कुटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन गर्न अनुमति दिने उहाँले बताउनुभयो । सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते बिहिबार हुँदैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने