News by: helpline
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ ।
झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित रहनुभएका अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दै निर्वाचनपछि देश सम्हाल्न एमाले तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास र समृद्धिका लागि एमालेले निर्वाह गरेको भूमिकाका कारण जनताले आफ्नो पार्टीलाई चाहेको दाबी गर्नुभयो । घरदैलोका क्रममा बिहीबार कमल–५ स्थित सिम्ले पुग्नुभएका ओलीलाई स्थानीयवासीले भूमिसम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सडक तथा पुल निर्माण भएपछि जनजीवन सहज भए पनि अझैसम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको भन्दै स्थानीयले उहाँको ध्यानाकर्षण गराएका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने