17th April 2026, Friday

एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक शुरु

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

 ११औं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि भृकुटीमण्डपमा केन्द्रीय कमिटीको बैठक शूरु भएको हो । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने एमाले नेताहरुले बताएका छन् । एमालेको ११औँ महाधिवेशन अन्तर्गत बन्द सत्र आज अपरान्हदेखि शुरु हुँदैछ।

त्यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको हो । यो केन्द्रीय कमिटीको अन्तिम बैठक हो। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

भदौमा भएको विधान अधिवेशनमा पारित प्रतिवेदनलाई जेन–जी आन्दोलनको परिस्थिति समेटेर तयार गरिएको छ।



No ad available.


No ad available.