2nd March 2026, Monday

इरान र इजरायलको यात्रा नगर्न नेपाल सरकारको आग्रह

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपालीलाई इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न सुझाव दिएको हो । मन्त्रालयले इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई हालको परिस्थितिलाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न र सुरक्षित समयसम्म प्रतीक्षा गर्न अनुरोध गरेको छ । साथै, हाल ती देशहरूमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मन्त्रालयको एडभाइजरीका ६ बुँदा

१. इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्ने,

२. सकेसम्म घरभित्रै रहने, सतर्कता अपनाउने, सावधानी अपनाउने र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहने,

३. इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्ने,

.४. काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहने,

५. इजरायल वा इरान भ्रमणको योजना बनाइरहनुभएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न कडा आग्रह गरिन्छ,-

६.मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका निकायले सुझाएका सुरक्षा उपाय पालना गर्ने।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव उत्पन्न भएको छ । इरानानथि इजरायल रअमेरिकाले भीषण हमला गरिरहेको छ ।



No ad available.


No ad available.