2nd March 2026, Monday

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

Post Image
1 दिन अगाडी

News by: helpline

एजेन्सी । अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेका छन् ।

इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले इरानमाथि आक्रमण गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ । शनिबार बिहानदेखि अमेरिका र इजरायलले इरानमाथि हमला गरेका हुन् । इरानले पनि प्रतिरक्षात्मक आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी कारबाहीलाई “प्रमुख सैन्य कारबाही“ को रूपमा वर्णन गरेका छन् र उनले इरानी सरकारी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेका छन्। यसअघि, इजरायलका रक्षामन्त्रीले इजरायलले इरान विरुद्ध “पूर्व–उत्प्रेरित“ हमला सुरु गरेको बताएका थिए।

 इरानी संचार माध्यमहरुले राजधानी तेहरानमा स्थानीय समय अनुसार बिहान ९ः३० बजेतिर राजधानीमा विस्फोट भएको जनाएका थिए । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ५३ पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ५३ पुगेको हो ।



No ad available.


No ad available.