3rd March 2026, Tuesday

जेनजी भावनाको आत्मसात् गरेँ, अब मेरो हुटहुटीको आत्मसात् गरिदिनु: सभापति गगन थापा

Post Image
3 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गरेको जस्तै परिवर्तन देशमा गर्न चाहेको बताउनु भएको छ ।

जेनजी आन्दोलनबाट लाभ उठाउने भन्दा पनि आन्दोलनको भावनालाई आत्मसात् गरेको बताउँदै सभापति थापाले भन्नुभयो, अहिले भने मेरो भावनाको आत्मसात् गरिदिनुहुन अनुरोध गर्दछु। देशको शासन व्यवस्थामा परिवर्तनका लागि मतदातालाई रुख चिन्हमा मतदान गरी साथ सहयोग गर्न सभापति थापाले अपिल गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उहाँले पार्टीभित्रको परिवर्तन ल्याउन आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको उल्लेख गर्नुभयो ।

कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्दै थापा ऐतिहासिक सभापतिमा निर्वाचित हुनुभएको थियो । अबको पाँच वर्ष मौका दिने नाममा परीक्षण गर्ने कुनै गर्ने सुविधा छैन, सभापति थापाले भन्नुभयो, शिक्षा स्वास्थ्य, रोजगारीमा पाँच वर्ष गहिरो चिन्तनका साथ प्रत्येक दिनको कामहरूको सूची बनाएर हामीहरू आएका छौँ। पाँच वर्ष खेर नफाल्ने र दुर्घटनामा पनि पर्न नदिने सभापति थापाले अठोट व्यक्त गर्नुभएको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष उम्मेदवार हुनुहन्छ । कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिने कांग्रेस एक मात्र पार्टी समेत हो । देशको भविष्य निर्धारण गर्ने निर्णय मतदाताको हातमा रहेकाले आवेगमा नभई विवेक पु¥याएर मतदान गर्न सभापति थापाले मतदातालाई अपिल गर्नुभएको छ ।



No ad available.


No ad available.