15th April 2026, Wednesday

जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौ । सरकारले गौरी बहादुर कार्की नेतृत्वको जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

 सिंहदरबारमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकका निर्णय सुनाउँदै पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताउनु भयो । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेकामध्ये सुरक्षा निकायका हकमा अर्को अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो ।



No ad available.


No ad available.