News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले जनताको भविष्य साकार पार्न दशवटा संकल्प लिएको छ ।
बुधबार नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक सार्वजनिक गर्दै कांग्रेसले १० वटा परिकल्पना सार्वजनिक गरेको हो । प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ ।
कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो । पत्रकार सम्मलेलनमा उहाँले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको बताउनुभयो ।
सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ ।
प्रतिज्ञापत्रमा भएका कांग्रेसका १० भिजनः
१) सम्मानित भएर बाँच्न पाउने नेपाल
२) सपना देख्न सक्ने नेपाल
३) सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४) पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५) ओखती र ओत दिने नेपाल
६) छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७) बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८) मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९) विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०) समुन्नतिमा लम्किने नेपाल
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक