News by: helpline
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको बताउनु भएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरुको पार्टी नभएको उल्लेख गर्नुभयो ।
महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भन्नुभयो ’कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं,कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन।
महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताउनुभयो ।
’चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ।‘ थापाले भन्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक