News by: helpline
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने दावी गर्नुभयो । महामन्त्री थापाले विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको वताउदै सत्यको पक्षमा उभिनु आव्हान गर्नु भएको हो । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइनु गलत हो थापाले भन्नुभयो ।
युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै थापाले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाउनुभयो ।थापाले कांग्रेस कसैको निजी पार्टी नभएको भन्दै आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्नु पर्नेमा केही नगरेको भन्दै कार्वाहीको निर्णयको अर्थ नभएको वताउनुभयो । विशेष महाधिवेशनले यस अघिनै केन्द्रिय कमिटी भङ्ग गरेको र बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएकाले विशेष महाधिवेशन आधिकारिक हुने पनि थापाले स्पष्ट पार्नुभयो ।
महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहुर्याउनु नपर्ने बताउँदै थापाले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न पनि महाधिवेशन प्रतिनिधिहरुसंग आग्रह गर्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचान आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा वताउनुभयो ।
शर्माले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताउनुभयो । सहमहामन्त्री फर्मूला मन्सुरले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा भएको बताउनुभयो । मन्सुरलेआदेश दिएर पार्टी चलाउने समय सकिएको उल्लेख गर्दै , देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले आवश्यकता भएको वताउनुभयो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न नसक्ने दावी पनि मन्सुरले गर्नुभयो ।
नेपाली कांग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उहाँहरू तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरित कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने