News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज सोमबार बिहान १० बजेदेखि शुरु हुने भएको छ।
भृकुटीमण्डपमा आइतबारदेखि शुरु भएको विशेष महाधिवेशन सोमबार भने बन्दसत्रको चरणमा प्रवेश गर्न लागेको हो।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ ।
उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिदेखि दर्ता प्रक्रिया बन्द गरिएको थियो । सोमबार बिहान पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने उहाँले जानकारी दिनुभयो । आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । कूल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएको संयोजक पोखरेले बताउनुभयो ।
दर्ता प्रक्रिया आज बिहानैबाट शुरु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली