News by: helpline
काठमाडौं । शिक्षाको गुणस्तरमा सुधार ल्याउन सहयोग पुगोस भन्ने उद्येश्यले सिन्धुलीको मरिणस्थित चण्डेश्वरी माबिमा पुस्तकालय र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमकाबीच मरिणको डाँडीमा रहेको उक्त बिद्यालयलाई बिहिबार पुस्तकालय र कम्प्युटर लगायतका शैक्षिक स्रोत सामग्री हस्तान्तरण गरिएको हो । ललितपुरको खुमलटारस्थित कक्षा १२ का बिद्यार्थी काब्य खतिवडाको सक्रियता र पहलमा सो पुस्तकालयको स्थापना र शैक्षिक स्रोत सामग्री जुटाउने काम भएको हो ।
कार्यक्रममा काब्यले आफूजस्तै उमेरका सो बिद्यालयका बिद्यार्थीले पुस्तकालय र शैक्षिक स्रोत साधनको अभावमा अध्ययन गरिरहेको देखेर यसमा आफूले केही योगदान पुर्याउन सकिन्छकि भन्ने सोचले काम गरेको र त्यसमा सबैले सहयोग गरेका कारण यो काम परियोजनाको रुपमा अघि बढाउन संभव भएको भन्दै यसको स्थायित्वको लागि निरन्तर लागिरहने बताउनुभयो ।
पुस्तकालयका लागि पुस्तक,शैक्षिक सामग्री लगायत जुटाउन त्यति सहज नभएता पनि चुनौतीकाबीच आफ्ना अभिभावक, बिद्यालय परिवार,विद्यार्थी लगायत सबैको प्रोत्साहनले आफूलाई सफलता मिलेको बताउनु भयो ।
कार्यक्रममा सहभागी बिभिन्न ब्यक्तित्वहरुले शिक्षाको गुणस्तर सुधार र सकारात्मक परिवर्तनका लागि सानो सोचबाट नै शुरु हुने भन्दै काब्यको सोच सबैका लागि उदाहरणीय र सन्देशमूलक भएको बताएका थिए । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रिमियर इन्टरनेशनल आइबी बिद्यालयकी निर्देशक पबित्रा लिम्बु, बसन्त थापा लगायतले काब्यको कामको सराहाना गर्नुभएको थियो ।
यसलाई सरकारी र नीजि क्षेत्रको बिद्यालय बीचको साझा प्रयासको प्रेरणादायी परियोजना मानिएको छ । यस्तो साझा प्रयासले पठन संस्कृतिको विकास, सिकाइ वातावरण सुदृढीकरण र शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
पुस्तकालय र शैक्षिक स्रोत सामग्रीका लागि प्रिमियर इन्टरनेशनल स्कूल,कृषि विकास बैंक लगायतका बिभिन्न संघ संस्थाले सहयोग गरेका छन् । कम्प्यूटर लगायत शैक्षिक सामग्रीका लागि हाल ६ लाख रुपैयाँ खर्च भएको छ ।
यो पहललाई निरन्तरता दिन प्रिमियर इन्टरनेशनल स्कुलले वार्षिक रूपमा दुई पटक शिक्षकहरूलाई तालिम प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी, प्रिमियर इन्टरनेशनल आईबी स्कुलका विद्यार्थीहरूको तर्फबाट वार्षिक रूपमा पुस्तकालयको अनुगमन गर्ने र आवश्यकताअनुसार सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसै क्रममा, चण्डेश्वरीका पूर्व विद्यार्थी संघले पुस्तकालयको मूल्याङ्कन तथा नियमन कार्यमा सहयोग गर्नेछ । यसलाई सिकाइ स्रोत केन्द्रका रूपमा विकास गर्न पूर्व विद्यार्थी संघका अध्यक्ष विनय ढकालले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने