News by: helpline
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिनु भएको हो । मन्त्री अधिकारीले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार कसरी हुन पुग्यो भन्ने जवाफ नखोजी सत्तामा बस्न आफ्ना लागि सह्य नभएका कारण राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या भएको अधिकारीले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पनि राजीनामा दिनुहुने भएको छ ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै पौडेलले राजीनामा दिने बताउनु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक