12th September 2026, Saturday

काटेकोशी बाढीमा परेर अहिलेसम्म १ हजार ३ सय ४४ जनाको मृत्यु, झण्डै ४ हजार ९ सय बेपत्ता

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीमा परेका १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार हालसम्म १ हजार ३ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको हो । बाढीमा परेर ४ हजार ८ सय ९८ जना बेपत्ता भएका छन् । प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४ सय ८९ पुरुष तथा ५ सय १ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका छन् ।

 अझै चार हजार ८ सय ९८ जना सम्पर्कविहीन छन् । सम्पर्क विहीनमध्ये स्वदेशी पुरुष २ हजार ४ सय ४८, महिला ४ सय ८२, फोनमा टिपाइएका एक हजार ३ सय ५० तथा विदेशी नागरिकतर्फ पुरुष २ सय ७४ र महिला ३ सय ४४ जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार ३० शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।



No ad available.


No ad available.