News by: helpline
काठमाडौं । काठमाडौंको गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठुला घर तथा स्थायी संरचना भत्काइएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर –९ अन्तर्गत ठुला संरचना हटाउने कार्य सम्पन्न गरिएको महानगरले जनाएको छ । गत शनिबार र आइतबार रातिसम्म सञ्चालन गरिएको भत्काउने कार्य अपूर्ण रहेपछि सोमबार दिउँसोदेखि पुनः अभियान तीव्र पारिएको थियो ।
गैरीगाउँमा मात्रै स्थायी प्रकृतिका ठुला घरको सङ्ख्या बढी भएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरीले जनाएको छ । गैरीगाउँ क्षेत्रमा दर्जनौँ ठुला स्थायी घर निर्माण गरिएकाले उक्त क्षेत्र अतिक्रमणको मुख्य केन्द्रका रूपमा चिनिँदै आएको थियो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार उपत्यकाका विभिन्न अतिक्रमित क्षेत्रहरूमा ठुलो सङ्ख्यामा सुकुम्वासी घरपरिवार बसोवास गर्दै आएका थिए । शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरपरिवार रहेको तथ्याङ्कले देखाएको छ ।
महानगरले सार्वजनिक जग्गा संरक्षण, नदी किनारको व्यवस्थापन तथा सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक