News by: helpline
ललितरपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबारबाट लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले अभियानको शुभारम्भ गरेको हो । यस वर्षको अभियानको नारा ̎प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं ̎ भन्ने रहेको छ । अभियानको शुभारम्भ गर्दै नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले महिला र बालबालिका बिरुद्ध हुने हिंसा रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो । उहाँले नगरपालिका लैंगिक हिंसा रोक्ने अभियानमा नगरबासीसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना लगायत स्थानीय जनप्रति निधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरीबृत्त सातदोवाटोकी प्रहरी प्रमुख एबं प्रहरी नायव उपरीक्षक पूर्णिमा कुमारी चन्दले लंैगिक हिंसाबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नगरवासी लगायत सरोकारवाला बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन हुने गरेको छ । नेपालमा पनि बिविध कार्यक्रम गरी महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक