3rd June 2026, Wednesday

महाकाली सिंचाइ आयोजना छिटो सक्न उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री दीपक खड़काको निर्देशन

Post Image
10 महिना अगाडी

News by: helpline

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छु। निरिक्षण पछि मन्त्री खड़काले सिचाई सुविधालाई ब्यवस्थित बनाउन र फलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन रहेको नहर छिटो सक्न निर्देशन दिनु भएको छ। ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फलेलीसम्म २८ किलोमिटर मूल नहर भने निर्माण भइसकेको छ। शारदा ब्यारेजबाट पानी पाउने गरी महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणको नहर निर्माण भइसकेको छ । किसानको खेतमा पानी पुर्‍याउन सरकारको दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री खड़काले निर्माण गुणस्तर, समय र स्थानीय सहभागिता सुनिश्चित गर्दै आयोजनालाई सफल बनाउन पनि निर्देशन दिनुभयो। महाकाली सिॅचाई आयोजना सुदूरपश्चिम समृद्धिको मेरुदण्ड हो। टनकपुर ब्यारेजबाट पानी ल्याएर यो आयोजना पूरा हुँदा ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। अब योजनाबद्ध ढंगले अघि बढेर लक्ष्य हासिल गर्ने बेला आएको मन्त्री खड्काको भनाई छ। मन्त्री खड़कालेभौगोलिक दूरी वा प्रविधिगत चुनौती चिर्दै आयोजनामा जे सुकै चुनौती आएपनि पूरा गर्ने संकल्प गरेको बताउनुभयो ।

No ad available.


No ad available.