News by: helpline
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाउनु भएको छ ।
आज शनिबार बसेको पार्टीको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँग एकता गर्न लागेको प्रति नेता शर्माले माओवादी केन्द्रले माओवाद छोडेर पार्टी एकता गर्न खोजेको र महाधिवेशन टार्न लागेको आरोप लगाउनु भएको थियो । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले शर्माले अराजक व्यवहार देखाएको आरोप लगाउनु भएको हो । दाहालका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बैठकबाट बाहिनिु भएको थियो ।
दाहालले शर्माको त्यो शैली राम्रो नभएको टिप्पणी गर्नुभयो । शनिबार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा नेता शर्मा समाजवादीसँगको सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिनु भएको थियो । माओवादी केन्द्रको बैठकले नेकपा एकीकृत समाजवादी (नेकपा एस), नेकपा समाजवादी, जनसमाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन) समूहसँग एकता गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले शुक्रबार माओवादीसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि शनिबार बसेको माओवादीको केन्द्रीय सचिवालयले नेकपा एकीकृत समाजवादी लगायत अन्य दलसँग एकता गर्ने निर्णय गरेको हो ।
नेता शर्माले भने विचार छाडेर हुने एकतामा ‘सती’ जान नसकिने बताउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक