4th March 2026, Wednesday

मौन अवधिमा पनि सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाइएको भन्दै गगन थापाको आपत्ति

Post Image
17 घण्टा अगाडी

News by: helpline

काठमाडौं । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाउनु भएको छ ।

सभापति थापाले आफू लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गर्नुभएको हो । सभापति  थापाका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो। थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “रिपोर्ट” गर्न अपिल गर्नुभएको छ ।

 उहाँले विशेषगरी फेसबुक,यूट्युब टिकटक लगायत माध्यमहरूमा फैलाइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गर्नुभएको छ । “कुनै पनि सामग्री शेयर गर्नु अघि एकछिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,” थापाको आग्रह छ। उहाँका अत्यधिक भडकाउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्छ र यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको हुन्छ। निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै सभापति थापाले सत्य, विवेक र नागरिक सचेतनाले मात्र यस्ता भ्रमलाई परास्त गर्न सकिने बताउनुभएको छ ।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबै समर्थक तथा शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत सत्यको पक्षमा उभिन आह्वान गर्नुभएको छ ।



No ad available.


No ad available.