News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले अहिलेको प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन गर्न र संसद भर्नका लागि मात्र नभएको भन्दै राजनीतिक निकासका लागि मतदान सम्पन्न भएपछि राष्ट्रिय सम्वादमा बस्न सबैलाई आग्रह गरेको छ ।
कांग्रेसले सोमबार पार्टी कार्यालय बीपीनगर, सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विश्वप्रकाश शर्माले मतदान सकिएपछि मतपेटिका खोल्नुअघि नै राष्ट्रिय सम्स्इँ समाधानका लागि राष्ट्रिय सम्वाद आयोजना गर्नका लागि सरकारसँग आग्रह गर्दैै दलहरूलाई त्यसमा सहमति गर्न आग्रह गर्नुभएको हो । । उहाँले निर्वाचनपछि जस्तोसुकै परिणाम आउन सक्ने भन्दै त्यो परिणाम भोग्ने दललाई प्रतिबद्धताभित्र बाँध्नका लागि साझा प्रतिबद्धता गर्न पनि यो राष्ट्रिय सम्वाद अहम् हुने बताउनुभयो ।
उपसभापति शर्माले जेन–जी आन्दोलनपछि सुधार गर्नुपर्ने जरुरी भएकामा कांग्रेसले आफ्नै पार्टी सुधारिएर आएको भन्दै कांग्रेस बदलिएर निर्वाचनमा होमिएकाले देशमा पनि विकासमा आमूल परिवर्तन गर्नुपर्ने जिम्मा कांग्रेसको भएको बताउनु भयो । उपसभापति शर्माले सातै प्रदेशमा भएको चुनावी सभाले कांग्रेसमा थप ऊर्जा जागेकोसमेत बताउनु भयो । उहाँले बदलिएको कांग्रेसमा उम्मेदवारी दर्तापछि हजारौँको संख्यामा विभिन्न दल त्यागेर नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्नु यसको उदाहरण रहेको समेत उल्लेख गर्नुभयो ।
शर्माले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने