17th April 2026, Friday

मधेश केन्द्रित दुईवटा दल जसपा र लोसपाबीच पार्टी एकता गर्ने सहमति

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता गर्ने समहति भएको छ ।

 जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको आज आइतबार काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो । वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन एवं विश्लेषण गरेर एकता गरिएको निर्णयमा बताइएको छ ।

सहमति पत्रमा दुबै पार्टीका अध्यक्ष यादव र ठाकुरले हस्ताक्षर गर्नुभएको छ । पार्टी एकता गर्ने गरी भएको सहमतिमा भनिएको छ,’देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्न एकीकरण गर्ने निर्णय गरियो ।’



No ad available.


No ad available.