News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ ।
देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्याएको अवस्थामा यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने भएको हो । नेपाली कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएका बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले २०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह सुरु गर्नुभएको थियो ।
केही वर्ष विशेष कारणले कार्यक्रम आयोजना हुन नसके पनि त्यसयता कांग्रेसले यसलाई निरन्तरता दिँदै आएको छ । यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली