News by: helpline
काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ ।
बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा १ सय २१ जना नागरिक फसेको हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म टनेलमा खोज तथा उद्धारको काम जारी रहने बताउनुभयो। उहाँका अनुसार निरन्तर खोजी भइरहेको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान सेनाले गरेको उहाँले जानकारी दिनुभयो। रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाको प्रतिनिधिसहितको टोली ‘पावरहाउस’ तथा ‘कन्ट्रोल प्वाइन्ट’ (नियन्त्रण कक्ष) सम्म पुगेर खोजी गरेको सहायक रथी थापाले बताउनुभयो।
नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा बाँडेर अघि बढाएको जनाएको छ। यसैगरी सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनबमोजिम विपद्सँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक