12th September 2026, Saturday

निर्वाचन सम्पन्न गर्न सबैको सहयोग हुने प्रधानमन्त्री कार्कीको विश्वास

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।

सिंहदरबारमा बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । छलफलमा प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रवक्ता भट्टराईले मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरुका विषयमा सघन छलफल भएको पनि बताउनुभएको छ। साथै आयोगले निर्वाचनका लागि हालसम्म गरेका कामहरुबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको छ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य र माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।



No ad available.


No ad available.