15th January 2026, Thursday

निर्वाचनको मुखमा फुट्यो कांग्रेस,८० बर्षिय देउवालाई पार्टी फुटाएको कलंक

Post Image
12 घण्टा अगाडी

News by: helpline

काठमाडौं । झण्डै ७५ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेस प्रतिनिधि सभाको निर्वाचनको मुखमा फुटेको छ ।

सरकारले आगामी फागुन २१ का लागि तोकेको निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक साता पनि बाँकी नरहेको अवस्थामा कांग्रेस फुटको अवस्थामा पुगेको हो । नियमित महाधिवेशन गर्न नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको नेतृत्वमा ५४ प्रतिशत भन्द बढी महाधिवेशन प्रतिनिधिले माग गरेको विषेश महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले अस्विकार गरेपछि कांग्रेस फुटेको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विषेश महाधिवेशनलाई देउवाको बहुमत रहेको केन्द्रीय समितिले टार्न खोज्दा महामन्त्रीहरुले नेतृत्व दिए ।

कांग्रेस महामन्त्रीद्धयको आह्वानमा पुस २७ गते काठमाडोंको भृकुटीमण्डपमा उत्हाहका साथ विषेश महाधिवेशन उद्घाटन भएको थियो । सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले स्वीकार नगरेको विशेष महाधिवेशनबाट पार्टी फुट जोगाउँन बुधबारसम्म विभिन्न प्रयास पनि भए । तर त्यो प्रयास सफल हुन सकेन ।

 ७५ वर्ष लामो इतिहास बोकेको कांग्रेसको संस्थापन पक्षले गत भदौ २३ र २४ गतेको जेन्जि आन्दोलन पछिको परिस्थितिलाई आत्मसाथ गर्न नसक्दा विभाजनमा गएको छ । सबैभन्दा पुरानो तथा विघटित प्रतिनिधिसभाको पहिलो दल कांग्रेसको विभाजनले निर्धारित समयमा निर्वाचन हुने नहुने अन्यौलता बढाएको छ । कांगेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन समेत गर्नुभएको छ । बुधबार पार्टी एकता जोगाउन चलिरहेको वार्ता टुंग्याउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधरण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गर्ने निर्णय सुनाउनु भएको थियो ।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विवाद बढ्दै जाँदा २०५९ असारमा देउवाले पार्टी विभाजन गरी कांग्रेस (प्रजातान्त्रिक) बनाउनु भएको थियो । त्यसबेला देउवाले पार्टी फुटाउनु भएको थियो । २०८२ सालमा आएर देउवाकै कारण कांग्रेस फेरि फुटेको छ । ८० बर्षिय देउवाले यो उमेरमा आएर फेरि पार्टी फुटाएको कलंक खेप्नु परेको छ ।

यद्यपि बिशेष महाधिवेशन पक्ष र देउवा पक्ष आकिारिकताका लागि निर्वाचन आयोग गइसकेका छन् । अब आयोगको निर्णय पर्खनु पर्नेछ ।

देउवा पक्षले निर्वाचन आयोगलाई २९ पुसपछि पार्टीको कुनै कार्यक्रम नभएको जानकारी दिएर विशेष महाधिवेशनलाई मान्यता नदिन निवेदन दिइसकेको छ । विशेष महाधिवेशन पक्षधरले  पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन दिइसकेको छ ।े कांग्रेस नाम, रुख चिन्ह र चारतारे झण्डामा दुबै पक्षले  दाबी गरिसकेका छन् ।



No ad available.


No ad available.