2nd March 2026, Monday

ओलीले हारे देशकै हार हुने योगेश भट्टराईको टिप्पणी

Post Image
17 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हारे भने देशले नै हार भोग्नु पर्ने दाबी गर्नुभएको छ ।

ओलीको चुनावी अभियानका क्रममा झापाको क्षेत्र नम्बर ५ को कमल गाउँपालिकामा आज आइतबार आयोजीत मोटरसाईकल  र्‍याली उद्घाटन गर्दै उहाँले निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउनु पर्ने बताउनुभयो । अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको दाबी गर्दै भट्टराइले ओलीको जीत जरुरी रहेको जिकीर गर्नुभयो ।

झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जिवन दिएको उल्लेख गर्दै भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क रहेको बताउनुभयो ।



No ad available.


No ad available.