17th April 2026, Friday

४९ औं राष्ट्रिय मेलमिलाप दिवस बिविध कार्यक्रम गरी मनाइयो

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले आज ४९ औं राष्ट्रिय मेलमिलाप दिवस बिविध कार्यक्रम गरी मनाएका छन् ।

आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरूले मेलमिलाप दिवस मनाउने गर्छन ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्कनुभएको थियो ।

२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाइँलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

कोइरालाले अघि सार्नु भएको मेलमिलापको नीति आजको राजनीतिक अवस्थामा निकै सान्दर्भिक रहेको सबैको भनाई छ ।



No ad available.


No ad available.