News by: helpline
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले बिपक्षीका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । विघटनविरुद्ध १६ वटा रिट निवेदन परेका थिए । सबैमा एकै आदेश जारी भएको छ । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो कानून बमोजिमको आधार र कारण खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’
सर्वोच्चको संवैधानिक इजलसले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र संसद् विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वाेच्चले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय लगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि संवैधानिक इजलासले आदेश जारी गरेको हो ।
संवैधानिक इजलासले सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बुधबार पहिलो सुनुवाइ गरेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक