2nd March 2026, Monday

प्राधिकरणको पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख सहित चारजना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंहसहित चारजना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

 पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० मि.मि.को १७४ मिटर र १२० मि.मि. को ७४६ मिटर पीभीसी तार हराएको विषयमा अख्तियारले १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

तार हिनामिना गरी हानी नोक्सानी  पुर्‍याएको आरोपमा सिंहसहित केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सुरक्षा कार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा १३ लाख ९३ हजार ६०३ रुपियाँ बिगो रकम कायम गरी उनीहरूविरुद्ध कैद र जरिवाना गरी बिगोसमेत असुल उपर हुन माग दाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



No ad available.


No ad available.