News by: helpline
काठमाडौं । नेपाली कम्युनिस्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने निर्वाचन राष्ट्रको स्वाधीनता र परिवर्तनको रक्षा गर्ने कडी भएको बताउनुभएको छ ।
बिहीवार पाटीृ कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा देखिएका दुई अतिवादी प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभयो । संयोजक दाहालले वर्तमान निर्वाचन कुनै नियमित प्रक्रिया नभई देशको असहज परिस्थितिले निम्त्याएको निकास भएको बताउनु भयो । जेन–जी आन्दोलनका क्रममा भएका घटनाक्रम र देशको राजनीतिक उतारचढावलाई हेर्दा निर्वाचन नै तुलनात्मक रूपमा सहज विकल्प भएको उहाँको तर्क छ ।
‘सिङ्गै राष्ट्र निर्वाचन प्रक्रियामा संलग्न भइसकेको छ र अब निर्वाचन सुनिश्चित भएको छ ।’ उहाँले भन्नुभयो । दाहालले नेपाली राजनीतिमा अहिले दुईवटा अतिवादी प्रवृत्ति सक्रिय रहेको दाबी गर्नुभयो । पहिलो, २३ गते युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने र हत्या गर्ने सरकारी अहंकारको प्रवृत्ति र दोस्रो, २४ गते आन्दोलनभित्र घुसपैठ गरी राष्ट्रिय धरोहर र पार्टी कार्यालयहरूमा आगजनी गर्ने विध्वंशकारी प्रवृत्ति रहेको बताउनु भयो ।
उहाँले यी दुवै प्रवृत्ति नेपाली जनता र राष्ट्रको हितमा नरहेको स्पष्ट पार्दै भन्नुभयो । ‘हामी यी दुवै अतिवादका विरुद्ध राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा छौँ ।’ उहाँले भन्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको बताउनु भयो ।
उहाँले प्रत्यक्षतर्फ ६०–७० सिट र समानुपातिकसहित ९०–१०० सिट ल्याएर पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । यद्यपि, निर्वाचनको परिणाम जे आए पनि त्यसलाई स्वीकार गर्न आफूहरू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने