2nd March 2026, Monday

रामेछापमा गाडी दुर्घटना,निर्वाचन अधिकृत र प्रहरीका असईको मृत्यु

Post Image
1 घण्टा अगाडी

News by: helpline

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी सोमबार दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ .

दुर्घटनामा परी ५ जना घाइते भएका रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हनेमा प्रहरीका असई पर्शुराम यादव र मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । असई यादवको घटना स्थलमै र मतदान अधिकृत घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमाबाट ब्याक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

 सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।



No ad available.


No ad available.