2nd March 2026, Monday

समानुपातिकमा रहेकाले चाहेमा आज उम्मेदवारी फिर्ता लिन सक्ने

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारले आज सोमबार दिउँसो ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यहि पुस १३ र १४ गते पेश गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका हुन् । आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको आयोगले जनाएको छ ।

उम्मेदवारले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म गएर उम्मेदवारी फिर्ता लिन सक्ने छन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्ने छन् ।

कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको हो ।

 कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेको



No ad available.


No ad available.