17th April 2026, Friday

सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा

Post Image
1 घण्टा अगाडी

News by: helpline

 काठमाडौं । सरकारी अस्पतालमा पनि शनिबार र आइतबार गरी दुई दिन बिदा दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार सरकारी अस्पतालहरूको ओपीडी सेवा पनि अब शनिबार र आइतबार बन्द हुने भएको छ । यसअघि मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला राख्न अस्पतालहरूलाई आग्रह गरेको थियो। तर चिकित्सक संघले त्यसमा असमर्थता जनाएपछि सरकारले आइतबार पनि बिदा कायम गर्ने निर्णय गरेको हो।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन हुँदा पनि स्वास्थ्य सेवामा कुनै अवरोध नआउने जनाएको छ। अस्पतालहरूमा आकस्मिक र अन्तरंग सेवा भने सधैझै २४ घण्टा सञ्चालनमा रहने उल्लेख गरिएको छ।

 मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णय अनुसार लागू भएको दुईदिने बिदा व्यवस्थालाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ । आइतबारका लागि तय भएका शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सुविधाअनुसार पुनः तालिका बनाइने पनि जनाइएको छ। सेवा उपलब्ध नभएमा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने भएको छ ।

मन्त्रालयले बिदाका दिनमा पनि स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर आवश्यक व्यवस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ।



No ad available.


No ad available.