17th April 2026, Friday

सरकारले गठन गर्यो सम्पत्ति जाँचबुझ छानबिन आयोग

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाण्डौ। सरकारले विसं २०६२/०६३ देखि ०८२ ०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले पूर्वन्यायाधीश चण्डिराज ढकालको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको हो। पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको विसं २०६२/०६३ देखि ०८२ ०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रबक्ता सश्मित पोखरेलले जानकारी दिनुभयो।

त्यसैगरी बैठकले २०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

 त्यस्तै मन्त्रीपरिषद बैठकले नेपाल र भारतबिच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता स्वीकार गर्दै सो को सूचना जानकारीका लागि प्रतिनिधि सभामा पेस गर्ने निर्णय समेत गरेको छ ।



No ad available.


No ad available.