12th September 2026, Saturday

सरकारद्वारा जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

 जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएकामा ४५ जनालाई गृहमन्त्रालय र विभिन्न जिल्ला प्रसासन कार्यालयले छानविन र अनुसन्धान गरी पठाएको सिफारिसका आधारमा शहीद घोषणा गरिएको र थप अरु पनि अनुसन्धान र छानविनपछि निर्णय हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगादीश खरेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै सोमबार मन्त्री खरेलले भन्नुभयो, ‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा भदौ २३–२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ ।’

त्यसैगरी, बैठकले बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्याधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । 

त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृत गरेको छ । त्यसैगरी मन्त्रिपरिषदको बैठकले विपद् संकट ग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्ला प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।



No ad available.


No ad available.