12th September 2026, Saturday

सुरक्षित रहन र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह ।

Post Image
11 महिना अगाडी

News by: helpline

प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिँदै जहाँ जुन अवस्थामा भए पनि सुरक्षित रहन र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ । देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न पनि आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले बिपदमा कोही एक्लो नभएको भन्नुहुदै राज्यका सम्पूर्ण स्रोत नागरिक संग रहने पनि बताउनु भयो। सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिनुभयो।।

No ad available.


No ad available.