News by: helpline
काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहराका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा बिहीबार भएको उक्त घटनामा संलग्न दाङ तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको हो ।
घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको तथा उक्त घटनाले सामाजिक सद्भावमा खलल पु¥याउने भएकोले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।
फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली