News by: helpline
काठमाडौं । । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आज आइतबार बिहान प्रसाईंलाई भक्तपुरस्थित आफ्नो निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनले चुनाव नहुने बताइ रहेका बेला पक्राउ परेका हुन् । प्रसाईं पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने